जेष्ठ
१६ गते शुक्रबार बिहानै उठेर
आँखा मिच्दै ट्वीटर खोल्दा
मुक्ति राजवंशीको मेन्सन
सुरुमै थियो। “यो त तिम्रो
ट्वीट होइन र!” आश्चर्यजनक
रुपमा स्न्यापसट सहित मेन्सेको
ट्वीट देखेर म चकित भएँ।
मोबाइलबाट चलाएको हुनाले
मैले स्न्यापसट खासै केही
पनि बुझिन र मुक्तिलाइ नै
ट्वीटको हुलिया बताउन आग्रह
गरें। उनले पनि सहजरुपमा मेरो
आग्रह स्वीकारी पुरै ट्वीटसहित
मेन्सन गरे। हो त! म
पनि अचम्म परें। एकछिन मुर्मुरिएं
अनि अफिस जाने तयारी तिर लागें।
अफिस
पुगेपछि स्न्यापसट हेरें अनि
बल्ल हो त रहेछ भन्ने भयो। अनि
मेरो ट्वीट कपी गर्ने मान्छेको
प्रोफाइल हेर्न थालें। उनको
प्रोफाइलमा सायद नेपाली ट्वीट
त्यही एउटा थियो त्यै पनि मेरो
कपी गरिएको ट्वीट। उक्त ट्वीट
सिधै क्रिस भट्टराईलाइ मेन्सन
गरिएको रहेछ। सोहि कारणले
मैले क्रिस भट्टराई र कान्तिपुर
साप्ताहिकलाइ पनि जानकारी
गराउनु उपयुक्त ठानें।
साप्ताहिक,
क्रिस
भट्टराई र स्वयं ट्वीट चोर्ने
व्यक्तिलाइ जानकारी गराएको
मेरो ट्वीट यस्तो छ:
श्री @robinlfc007 ले मेरो ट्वीट चोर्ने भन्दा पनि @saptahik मा छपाउनका लागि @KrissBhattarai लाइ मेन्सन गर्नुभएको रहेछ। pic.twitter.com/TzGL6MD5Yb
— पाण्डु राजा (@meVeekay) May 30, 2014
मेरो
चोरिएर “रबिन” नाम गरेका
व्यक्तिबाट आएको ट्वीट मे २०
तारिखमा गरेको थिएँ.
सो ट्वीट
यस्तो छ:
साथीहरुले टन्न पैसा कमाउने भएर होला.. चिया खाएपछि पनि हजारका नोट निकाल्छन्! लास्टमा जनतन खल्तीमा पचास हुने नै फस्न पर्ने :D
— पाण्डु राजा (@meVeekay) May 20, 2014
हुन
त अर्कैको नाममा ट्वीट पत्रिकामा
आएको घटना मेरो मात्रै होइन।।
यस भन्दा अगाडी पनि यस्तै
प्रकृतिका घटना दोहोरिएका
थिए। यस अगाडी निरन दाई पनि
यसको शिकार हुनुभएको थियो
अनि पछिल्लो शिकार म भएँ।


