मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Saturday, June 27, 2015

पाइथन लभ


टाइट जिन्स पाइन्ट अनि पातलो टिसर्ट! पर्खाल माथि टुसुक्क बसेर खिचेको तिम्रो फोटोमा एक लाइक गर्छु केही महिना अगाडि नयाँ फोटो राख्दा तिमीले नै “कमेन्ट गर है” भनेर पठाएको म्यासेजको रातो बत्ती मनमा उस्तै गरेर बल्छ, लाग्छ यसपटक त तिम्रो फोटोमा केही नभन्दै कमेन्ट गरिसक्नुपर्छ कमेन्ट लेख्दै पुन: मेट्दै कमेन्ट लेख्दै पुन: मेट्दै_____ कुन शब्द थोपरौं तिम्रो कमेन्ट बक्समा! म पुरै हरेस खान्छु ह्या होस् के अर्काकी बुढी भइसकेकीलाइ पनि कमेन्ट गर्नैपर्ने बाध्यता छ र! मनमा हल्का आक्रोश पलाउँछल्यापटप अगाडि टाउको घोप्टे पारेर आँखा चिम्लन्छु यत्तिकैमा तिम्रो ताजा तस्वीर, तिम्रो पुरानो म्यासेजको रातो बत्ती, हाम्रा स्काइपका प्यार, सम्झनामा सबै विगत एकाएक आउँछ अनि फेरी उही तिम्रो र मेरो दोश्रो स्काइप गफका सुरुवाती अंश:

खोल्नु न के!
के?
थाहा नपाएजस्तो गर्छ.. खोल्नु न के..
नाइँ खोल्दिन..
अनि अस्ति अर्को पटक खोल्छु भनेको होइन!

****
सेन्ट जेभियर्स कलेज, तेस्रो तल्ला... एडमिनिस्ट्रेसन अफिसदेखि ठ्याक्कै माथि म अन्तिमबाट दोस्रो कुर्सीमा थिएँ.. झ्यालतिर। सरले फिजीक्स पढाउँदै हुनुहुन्थ्यो तर मनमा गीत बजिरहेको थियो “चैतमासको खडेरीमा डढेलोले बनै खायो”। म यही झ्यालबाट हेरिरहन्थें तिमी अनि तिम्रा अरु दुइजना साथीहरु मस्तसँग गफ गरिरहेको, हाँसीरहेको.. कलेज गेटनेरैको मेरीको मुर्तिनजिक। तर आज कक्षा १२ को अन्तिम दिन थियो, त्यसैले त चैतयामका खस्रा सुकेका पातहरु जस्तै गरेर मेरो मन उडिरहेको थियो।

“सञ्चिता!”
कम्तीमा एकवर्षसम्म एउटै कलेजमा पढेपछि त यसै भनेर बोलाएको भएपनि हुन्थ्यो नि! सायद त्यो उमेर नै बोल्न डराउने तर कल्पनामा रमाउने खालको थियो। गुनासो छैन पछि पछि पढाइले पेल्न थाल्यो हराए मायाका रहरहरुपनि।
  
****
जानुका अनि निराजन, क्लासकै उत्कृष्ट जोडी। जोडी देख्दा सबैले मनमनै चाहना राख्थे “आहा आफ्नो जोडी पनि यस्तै भइदिएको भए”। पढ्नमा भने दुबै लम्फु... कसैले भगवानसँग मेरो जोडी यस्तै होस् भन्दै भाकल गरेको भए लम्फु छन् भन्ने थाहा पाएपछि हत्त न पत्त “परेन भगवान, बरु अझै अर्को परेवा उडाम्ला” भन्योहोला।

दुबैजना काठमाडौँमा भाडा लिएर बसेका थिए तर छुट्टाछुट्टै ठाउँमा। एक्जामको तयारि र होमवर्क गर्दा चाहिँ उनीहरु दुबैको बास सँगै हुन्थ्यो। कहिले निराजनको कोठामा जानुका, कहिले जानुकाको कोठामा निराजन। आफूलाइ चाहिँ घरभेटीले देखेभने के भन्दा हुन् जस्तो लाग्ने के। कहिले काहिँ केही कुरामा अड्के भने फोन गरेर क्लासकै केही साथीहरुलाइ सोध्नेगर्थे (म पनि पर्थें)। क्लासमा जोडी हुनुको फाइदा सबै केटाहरुले “सालेले खुब मोज गर्या छ” भन्ने सोंच्छन्। तर बेफाइदा! जति बेला पनि जियाफसँग टाँस्या छ... जे भन्यो त्यहि मान्या छ। कम्तीमा निराजन यो कुरामा साह्रै पीडित थियो। अनि जतिबेलापनि जियाफसँग टाँस्सिएपछि कहिलेकाहिँ केटाहरुको ग्रुपमा आयो भनेपनि कसैले वास्ता नगर्ने। ओए त्यो केटीका पाइथन हेर् त पाइथन... के सारो बढेका! निराजन र जानुकाका टिकीट्याइं जोक त कति बने कति। ;)

[नोट: पाइथन प्रोग्रमिंग ल्यांग्वेज हो, तर हामीहरु कोड भाषाको रुपमा केटीको वक्षस्थललाइ जनाउन प्रयोग गर्ने गर्थ्यौं]

****
निराजनको फोन आएको रहेछ, ४ पटक। मैले थाहै पाइन... खाटमा पल्टिंदै सिरानीमाथि टाउको राखेर हेडसेट जोडी सिरिज हेर्दै हुँदो हुँ। कलब्याक गरें। भोलि Application Server Web Administration विषयको एसाइन्मेन्ट बुझाउनुपर्ने थियो। त्यसैको बारेमा सोध्न रहेछ।
मैले सोधें:
PuTTY डाउनलोड गरिस्?   
अँ यहीं छ PuTTY
(उसले सुस्तरी भन्यो तर पृष्ठभूमिमा जानुकाको What?  बेस्सरी नै आयो...।)
अनि इन्स्टल गरिस् त मु*!
      अनि मु* पनि डाउनलोड गर्नुपर्छ हो?
हरे! “PuTTY इन्स्टल गरिस् त?” भनेको के। PuTTY भए पुग्छ।
      नकरा मुला, अँ गरें.... (यस्तै यस्तै..... )

[नोट:  PuTTY फाइल ट्रान्सफरका लागि प्रयोग गरिने ओपन सोर्स एप्लीकेसन हो, जसले SCP, SSH, Telnet लगायतका नेटवर्क प्रोटोकलहरु सपोर्ट गर्छ। PuTTY को बारेमा बिस्तृत जान्न चाहनुहुन्छ भने विकिपीडियामा थप हेर्न सक्नुहुन्छ]

*****
सञ्चिता!
सफ्टवेयर कम्पनीमा जागिर सुरु गरेको जम्मा २ महिना भएको थियो। मैले देख्नासाथ झट्टै बोलाइहालें। त्यही कम्पनीमा नयाँ डेभलपरका रुपमा सन्चिता आइ। मन रमायो, सायद मायाका रहरहरु हराइसकेका होइन रहेछन्, फेरी अंकुराए । उ म भन्दा एकवर्ष जुनियर भएपनि उसको र मेरो युनिभर्सिटी फरक परेकाले सँगै ब्याचलर सकिएछ।

दिनहरु बित्दै गए। बेलाबेलामा अफिसमै च्याट हुन्थ्यो। नजानेको सोध्ने, जानेको सिकाउने।
अफिस सँगै थियो, अफिसमै भेट हुन्थ्यो, अफिसमै च्याट पनि हुन्थ्यो... अझ भएन भनेर घर आइसकेपछि पनि स्काइप हुन्थ्यो, फोन हुन्थ्यो। पुरै क्रेजी पारा थियो दुबैको... तर नट इन रिलेसनसीप।
अफिसमै एकदिन उसले च्याटमा सोधी:
के गर्दै हुनुहुन्छ?
काम गर्दै, गीत सुन्दै।
कुन गीत?
for(i=0 ; i < 10; i++){ 
     System.out.println(" मैले त्यै भएर मन पराको.. "); 
}

उसले जवाफ फर्काइ:
while(6>5):
     print “haha”

प्रयोग गरिएको कोड र त्यसको सामान्य अर्थ

*****
मलाइ बेलाबेलामा आफ्नै संवादहरु सम्झेर हाँसो लाग्छ। ओए राजा! एक्लै एक्लै हाँसीराछौ त... के हो हाम्लाइ पनि सुनाउ न, अमृत आएर मलाइ चिमोट्छ। जाउँ हिंड चिया खाँदै सुनाउँछु, मलाइ अफिसमा कुरा गर्न मन लाग्दैन, अमृत र रोमान्सलाइ लिएर कमलादी मन्दिरनेरको चिया पसलमा जान्छु।

ल राजा, झ्याम्म प्रपोज हान्देउ... हान्ने काम बाँकी राख्न हुन्न। अमृतले उल्काउँछ।
रोमान्स: टोइट राजा, मैले ६ वर्ष देखिको प्रेममा धोका खाएको बिर्सेउ?
रोमान्सको कुरामा दम छ, बिचरा उसले गम खाएको एक महिना पनि भएको छैन।
तैंले त कोडिंग गर्नुपर्ने ठाउँमा कोडिंग गरेनस् अनि छोडी... टेबल इन्सर्ट अपडेटको रहर त केटीमा पनि हुन्छ भो। खर्राट प्रोग्रामर हुन्छन् आजकालका केटीहरु, तैले बुझेनस् हेर रोमे। अमृतले फेरी भन्छ।  

त्यो केटीको HTML, CSS सबै राम्रो छ। Design Pattern पनि सही छ, जातपात पनि मिल्छ। भाग्यमा भए घरजम हुन्छ, नभए अलि अलि भएपनि Code Execute हुँदैगर्छ। यसमा सोंच्नुपर्ने के छ? – अमृतले फेरी थप्छ।

उसको Internal Engineering त भइसक्याछ जस्तो लाग्छ... रोमान्सले मतिर फर्कंदै भन्छ। साले यतिका दिनसम्म मलाइ नभनी बसिस् है! आफ्नै साथीहरु सत्तुर जस्ता छन्। अमृत मसँग रिसाउँछ। नकाराउ मुला, कत्ति न आफूले सबै बताउने जस्तो — म हल्का रिसाउँछु।
हेर् दाइ, त्यसो भए तेरो पक्का हो... Execute गरिसकेपछि झ्याप्प केटीले Rollback गर्दैनन् – अमृतले फेरी भन्छ। मलाइ पनि सन्चिताले रोलब्याक गर्दिने होला भन्ने विश्वास थपिएझैँ लाग्छ।
तिनी कुरा भनेका त्यस्तै हुन् दाइ – रोमान्सले आफ्नो अनुभव सुनाउँछ।
नकरा मुला, तँलाइ केही थाहा छैन यस्ता कुरा – अमृत झर्कंछ।
तँलाइ नै थाहा छ सबै, पाइथन गुरु... हाहाहा। रोमान्सले पनि रिस पोख्छ।
मुला पाइथन गुरु नभन् न मलाइ! – अमृत रिसाउँछ।
हाहाहा... रोमान्स र म हाँस्छौं। अमृत पनि नकरा साले भन्दै मुस्कुराउँछ।

हामी पुन: अफिस फर्कन्छौं।

****
तर त्यसको अर्को दिनदेखि उ अफिस कहिल्यै आइन। फोन कहिल्यै उठेन, स्काइप कहिल्यै खुलेन। तर आज फेसबुकमा नयाँ तस्वीर देखें। यत्तिकैमा उसको ताजा तस्वीर, पुरानो म्यासेजको रातो बत्ती, हाम्रा स्काइपका प्यार -- सम्झनामा सबै विगत आउँछ अचम्म लाग्छ त्यतिबेला जाबो  स्काइपमा वेबक्याम खोल्न पनि धक मानेको थिएँ। समयसँगै बिस्तारै सबै खुल्दै गए, केही बाँकी रहेन। ...र पनि याद बाँकी रहे। यत्तिकैमा यादहरुमध्येको मिठो अंश याद आउँछ:

खोल्नु न के!
के?
थाहा नपाएजस्तो गर्छ.. खोल्नु न के..
नाइँ खोल्दिन..
अनि अस्ति अर्को पटक खोल्छु भनेको होइन!

पुरानो याद अनि नयाँ तस्वीर फेसबुकको वालमा उही खैरो कलरको टाइट जिन्स पाइन्ट र पातलो टिसर्ट! पर्खाल माथि टुसुक्क बसेर जापानको कुनै ठाउँमा खिचेको तिम्रो तस्वीर। एकछिन प्रोफाइल हेर्छु... रिलेसनसीप स्टाटस चेन्ज रहेछ... मेरा औंलाहरु अनायाश ब्लक बटनमा जान्छन्।

के छ राजा? म भएको क्युबिकलमा आएर साथीले धाप मार्छ... “यही एउटा गर्न खोजीराको, मिल्दै मिलिराछैन” कोड देखाउँदै मैले रेडिमेड जवाफ फर्काउँछु
जाम् चुरोट तान्न! 
म उठ्छु


**** 

15 comments :

  1. खोल्ने चैं के हो ??😀😄

    ReplyDelete
    Replies
    1. print "जसरि बुझ्दा पनि हुन्छ फेल खाँदैन :D"

      Delete
  2. Expression on Coding ? Superb Story #Good Job #Raja :)

    ReplyDelete
    Replies
    1. System.out.println(" धेरै धेरै धन्यवाद राजा.. :v ");

      Delete
  3. पढ्दिन भो यस्तो हाउडे लेख 😃 !!

    ReplyDelete
    Replies
    1. पढ्दै नपढी भएपनि हाउडे लेखको कमेन्ट बक्समा आएर कमेन्ट गर्ने कष्ट गर्नुभएछ... धन्यवाद ;))

      Delete
  4. public class CommentOnPanduKoStory {

    public static void main(String []args) {
    System.out.println("गज्जप राम्रो!");
    }
    }

    ReplyDelete
    Replies
    1. System.out.println("धेरै धेरै धन्यवाद राजा! यसो दुइचार सुझावहरु पनि पेश गर्नुभएको भए झनै आभारी हुने थिएँ :v ");

      Delete
    2. अर्को रिप्लाई पाइथनमा हुनेछ! अनलाइन तिर tutorial खोज्न लागें म :P

      Delete
  5. echo "Interesting, Hoping to See More...";

    ReplyDelete