यता आजकाल आँखा रसाउँछन्..
अरु बेला जता रमाएपनि,
चाडमा उतैका यादले सताउँछन्..
नजा भन्दा भन्दै, आफ्नै करले..
आएको आफै हो, आफ्नै रहरले..
अहिले कसैले ल्याइदिएकै जस्तो!
रहरले फेरि उल्टै तर्साउँछन्..
गाउँमा आजकाल रोटी बसाउँछन्..
यता आजकाल आँखा रसाउँछन्..
खुशी बेचेर पीडा किन्दैछु झैँ..
शरद बेचेर शिशिर किन्दैछु झैँ..
परदेशी मनले यस्तै बताउँछन्..
गाउँमा आजकाल रोटी बसाउँछन्..
यता आजकाल आँखा रसाउँछन्..
पाण्डु को नि आयो ! दसैं आयो !
ReplyDeleteके गर्नु म नि बिदेश भाको भय एस्तै साहित्यकार हुन्थे होला ! यहाँ बसेसी उस्तै हो !
हाहा.. त्यता बसेर पो भइन्छ त राजा झन् :))
ReplyDeleteपरदेसी दाई को पढ़ियो र तिम्रो पनी राम्रो छ । यस्तै हो राजा पीड़ा सबैमा छ हामी आफ्नो अगिको बर्तमान बेचेर अनिश्चित भबिस्य किन्ने हरु सबैको मनमा पीड़ा हुन्छ ।
ReplyDeleteके गर्नु राजा परदेशमा चाड झन् पीडादायी हुने रहेछ :)
ReplyDelete