जेष्ठ
१६ गते शुक्रबार बिहानै उठेर
आँखा मिच्दै ट्वीटर खोल्दा
मुक्ति राजवंशीको मेन्सन
सुरुमै थियो। “यो त तिम्रो
ट्वीट होइन र!” आश्चर्यजनक
रुपमा स्न्यापसट सहित मेन्सेको
ट्वीट देखेर म चकित भएँ।
मोबाइलबाट चलाएको हुनाले
मैले स्न्यापसट खासै केही
पनि बुझिन र मुक्तिलाइ नै
ट्वीटको हुलिया बताउन आग्रह
गरें। उनले पनि सहजरुपमा मेरो
आग्रह स्वीकारी पुरै ट्वीटसहित
मेन्सन गरे। हो त! म
पनि अचम्म परें। एकछिन मुर्मुरिएं
अनि अफिस जाने तयारी तिर लागें।
अफिस
पुगेपछि स्न्यापसट हेरें अनि
बल्ल हो त रहेछ भन्ने भयो। अनि
मेरो ट्वीट कपी गर्ने मान्छेको
प्रोफाइल हेर्न थालें। उनको
प्रोफाइलमा सायद नेपाली ट्वीट
त्यही एउटा थियो त्यै पनि मेरो
कपी गरिएको ट्वीट। उक्त ट्वीट
सिधै क्रिस भट्टराईलाइ मेन्सन
गरिएको रहेछ। सोहि कारणले
मैले क्रिस भट्टराई र कान्तिपुर
साप्ताहिकलाइ पनि जानकारी
गराउनु उपयुक्त ठानें।
साप्ताहिक,
क्रिस
भट्टराई र स्वयं ट्वीट चोर्ने
व्यक्तिलाइ जानकारी गराएको
मेरो ट्वीट यस्तो छ:
श्री @robinlfc007 ले मेरो ट्वीट चोर्ने भन्दा पनि @saptahik मा छपाउनका लागि @KrissBhattarai लाइ मेन्सन गर्नुभएको रहेछ। pic.twitter.com/TzGL6MD5Yb
— पाण्डु राजा (@meVeekay) May 30, 2014
मेरो
चोरिएर “रबिन” नाम गरेका
व्यक्तिबाट आएको ट्वीट मे २०
तारिखमा गरेको थिएँ.
सो ट्वीट
यस्तो छ:
साथीहरुले टन्न पैसा कमाउने भएर होला.. चिया खाएपछि पनि हजारका नोट निकाल्छन्! लास्टमा जनतन खल्तीमा पचास हुने नै फस्न पर्ने :D
— पाण्डु राजा (@meVeekay) May 20, 2014
हुन
त अर्कैको नाममा ट्वीट पत्रिकामा
आएको घटना मेरो मात्रै होइन।।
यस भन्दा अगाडी पनि यस्तै
प्रकृतिका घटना दोहोरिएका
थिए। यस अगाडी निरन दाई पनि
यसको शिकार हुनुभएको थियो
अनि पछिल्लो शिकार म भएँ।
मैले
चुपचाप “ए! अर्कैको
नाममा छापिएछ” भनेर मात्रै
बसेको भए खासै ठुलो इस्स्यु
बन्ने थिएन होला र अघिल्ला
काण्डहरु जस्तै सेलाएर जाने
थियो होला। तर मैले साप्ताहिक
र क्रिस भट्टराईको जवाफ चाहेकोले
र साथीहरुले पनि ट्वीट चोर्ने
गलत प्रवृति झन् फस्टाएको
हुनाले विरोध गर्नुपर्छ भनेर
लागेकोले साप्ताहिकले माफी
माग्नु पर्यो। यस बारेमा
कान्तिपुर साप्ताहिक र क्रिस
भट्टराईको ट्वीट यस्तो छ:
@meVeekay तपाइको टुवीट् @robinlfc007 ले चोरी गरेर मेन्सन गर्दा दुख लाग्यो । असाबधानिबस प्रकाशित भएको क्षमा प्रार्थि छौं । @KrissBhattarai
— Kantipur Saptahik (@saptahik) May 30, 2014
@meVeekay को ट्वीट कपि भएको थाहा भएको भए साप्ताहिकमा प्रकाशित हुने थिएन ! वास्तबिक स्रष्टालाई पर्न गएको असुबिधाप्रति क्षमाप्रार्थी छु !
— Krishna Bhattarai (@KrissBhattarai) May 30, 2014
कान्तिपुरको
उक्त प्रतिकृयापछी केही
साथीहरुको प्रतिक्रिया यस्तो
छ:
पाण्डुको ट्वित कसैले चोर्यो भने त्येस चोरलाई सम्मान गरिन्छ!जसले जे भनेनी पाण्डुकै गल्ती के!आफु ट्वित चोरूँ चोरूँ लाग्ने गरी दामी लेख्ने :))
— पाशा (@iPasha7) June 3, 2014
पहिले पैसामा ठगिने, ठगिएको झोंक ट्विटरमा पोखिने अनि पोखिएको ट्विट चोरिएर छापिने अभागी #पाण्डु#
— M.R.Khanal (@MumaRamKhanal) May 30, 2014
चोर्न नहुने पाण्डुको टुइट
फोर्न नहुने गरेको बाचा !!
आजको टुइट शिक्षा :पि
— छड्के ! !! (@chhadke55) May 30, 2014
ट्वीट चोर हरुको पर्दाफास @THULOketo ले पाण्डु राजाको यो RE https://t.co/fgkBuDoS6N चोर हरु को यहा छ विवरण https://t.co/mj1AAYwmdV
— सन्तोष कटुवाल (@s_kc1) May 30, 2014
पाण्डु राजालाई पनि भाग्यले त मलाइ भन्दा नि बढी बटारेको रैछ नि! आज ट्वीट चोरी भएर अर्कैको नाममा छाप्देछ साप्ताहिकले :D
— बटारे (@iBatare) May 30, 2014
हो ! जसरी पाण्डु ले ट्विट चोरी को बिरोध गर्या छन उसैगरी सबै जना ले आफ्नो ट्विट को अपील गर्ने हो भने ट्विट चोरी लाई जरै देखि उखेल्न सकिन्छ
— खुशी (@khusi97khusi) May 30, 2014
हाम्रो सानो प्रयासले साप्ताहिकले 'ट्विट बिग्यप्ती' नै निकाल्ल्न बाध्य भयो, सरकार पनि यस्तै लचिलो स्वभावको भैदिए !!!
— शुन्ना™ !!! (@Pzerooo) May 30, 2014
तर
यो सबै उहाँहरुको कारणले भएको
हो भन्ने मेरो उद्देश्य होइन
र पत्रिकाको एकल प्रयासले यो
सम्भव पनि छैन। तर पनि आगामी
दिनहरुमा यस्तो घटना नदोहोरियोस्
भन्नका लागि हामी सबै र बिशेष
गरि आफ्ना पृष्ठहरुमा ट्वीट
समावेश गर्ने पत्रिकाहरु बढी
सजग हुनुपर्ने देखिएको छ।
ट्वीट
चोरी कसरि रोकथाम गर्ने त!
यसको लागि
पाण्डु रिसर्च ल्यावले विभिन्न
उपायहरु औल्याएको छ जुन यहाँ
उपलब्ध छ>>