पाण्डु रिसर्च
ल्यावले विगत केही महिना देखि निरन्तर तथा गोप्य रुपमा नेपाली
ट्वीट सेन्टिमेन्ट एनालाइसिस गरिरहेको छ। उक्त रिसर्च ल्यावले गरेको गोप्य
अनुसन्धानमा ट्वीटेहरुलाई तीन समुहमा विभाजन गरिएको थियो। फलोअरको संख्या फलोइंगको
तुलनामा निक्कै धेरै हुने ट्वीटेलाइ समूह ‘क’ मा, फलोअरको र फलोइंगको संख्या
हाराहारीमा हुने ट्वीटेलाइ समूह ‘ख’ मा र फलोइंगको संख्या फलोअरको तुलनामा निक्कै
धेरै हुने ट्वीटेलाइ समूह ‘ग’ मा राखिएको थियो। संकलित डाटा अनुरुप उक्त ल्याबले
हालै एक प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनका मुख्य बुंदाहरु यसप्रकार
छन्:
************************************
१.
“वरिस्ठ टुइटे बानीव्यहोरा”
अध्ययन प्रतिवेदन:
पाण्डु रिसर्च
ल्याबले गरेको ट्वीट सेन्टिमेन्ट एनालाइसिसमा समूह ‘क’ लाइ वरिस्ठ वर्ग, समूह ‘ख’
लाइ मध्यम वर्ग र समूह ‘ग’ लाइ उपेछित वर्ग तोकेको छ। माथि जनाइए अनुसार फलोअरको
संख्या फलोइंगको तुलनामा निक्कै धेरै हुने ट्वीटेलाइ समूह ‘क’ मा, फलोअरको र
फलोइंगको संख्या हाराहारीमा हुने ट्वीटेलाइ समूह ‘ख’ मा र फलोइंगको संख्या फलोअरको
तुलनामा निक्कै धेरै हुने ट्वीटेलाइ समूह ‘ग’ मा राखिएको छ।
उक्त अनुसन्धान
अनुसार समूह ‘क’ का ट्वीटेले समूह ‘ख’ का ट्वीटे लाइ फेव गरेर मात्रै टार्ने, सकभर
रिप्लाई नगर्ने र गर्नै परे पेलपाल/आलटाल रिप्लाई गर्ने गरेको देखिएको छ। साथै
समूह ‘क’ ले समूह ‘ग’ लाइ वास्तै नगर्ने, रिप्लाई नगर्ने जस्ता प्रवृति पनि देखा
परेको जनाएको छ। तर कतिपय ट्वीटे वरिस्ठ समुहमा पर्ने भएता पनि निक्कै स्वौहार्द,
सालीन र भद्र भएको पाएको छ।
कतिपय बरिस्ठ समुहका
ट्वीटेहरुले अपछ्याकृत रुपमा रिटुइट नआए केहि समयपछि डिलिट गर्ने, उपयुक्त समय
कुरेर पुन: टुइट गर्ने र त्यसपछि पनि रिटुइट नआए कुनै संकोच नमानी उक्त टुइट सदाका
लागि डिलिट गर्ने देखाएको छ।
साथै समूह ‘ख’ का
ट्वीटेले समूह ‘क’ का ट्वीटेको अधिकांस समय तारिफ गर्ने, प्राय ट्वीटमा खण्डन
नगर्ने गरेको देखिएको छ। समूह ‘ख’ ले ‘ग’ लाइ चाहिँ खासै वास्ता नगर्ने जनाएको छ।
तर समूह ‘क’ का सदस्य ट्वीटरमा नभएको समयमा भने समुह ‘ख’ र ‘ग’ को सामिप्यता
निक्कै देखिएको उक्त तथ्यांकले देखाएको छ।
समुह ‘ग’ का सदस्य
चाहिँ समूह ‘क’ का ट्वीटहरु प्राय रिटुइट र फेव दुवै गर्ने, समुह ‘ख’ का ट्वीटहरु
प्राय ‘फेव’ गर्ने र कहिलेकाहिं रिटुइट गर्ने, सकभर आफुले ट्वीट नलेख्ने अनि नयाँ
ट्वीट लेख्न भन्दा अरुसंग अन्तरक्रिया गर्न बढी रुचाउने देखाएको छ।
************************************
२.
“नारी टुइट ह्याण्डल”
अध्ययन प्रतिवेदन:
उक्त तथ्यांक अनुसार
नारी ट्वीट ह्याण्डलका ट्वीटमा चाहिँ प्राय सबै ट्वीट समुहले आवश्यकता
भन्दा बढी रिटुइट, फेव र रिप्लाई आउने देखिएको छ। साथै उक्त तथ्यांक अनुसार करिब
चालिस प्रतिशत लेडी ट्वीट ह्याण्डलहरु मात्रै सक्कली भएको र अरु प्राय बरिस्ठ
समुहका ट्वीटेहरु बाटै संचालित भएको देखाएको छ।
ट्वीटरमा भएका
अधिकांश नारी ट्वीटेहरु चाहिँ फलो ब्याक दिनमा कन्जुस्याई गर्ने देखिएको छ। कतिपय
नारी ट्वीटे हरु त सुरुमा आफैले फलो गर्ने अनि पछि वरिष्ठ देखिने लोभमा फलो ब्याक
पाइसकेपछि अनफलो गर्ने पनि देखिएको छ।
साथै उक्त ट्वीट
प्रतिवेदन अनुसार अधिकांश नारी टुइट ह्याण्डलले सुरुमा पुरुषका टुइटमा लुकी लुकी
फेव गर्ने र बिस्तारै उनीहरुकै भाषामा पुरुष ट्वीट ह्यान्डललाइ क्रेजी बनाएर आफ्ना
टुइटका नियमित रिटुइट कर्ता बनाउने गरेको देखिएको छ।
************************************
३.
“पृथक टुइट शैली” अध्ययन
प्रतिवेदन:
पाण्डु रिसर्च
ल्याबले सार्वजनिक गरेको उक्त प्रतिवेदनले ट्वीटरमा पृथकता अपनाएर आफू फरक देखिने
शैली पनि निक्कै बढेको देखाएको छ।
पाण्डु रिसर्च ल्याव
अध्ययन प्रतिवेदन पनि आफैमा पृथक शैली हो। ट्वीटरमा रिसर्च प्रतिवेदनको सुरुवात
कर्ता चाहिँ पाण्डु राजा मानिन्छन। रिसर्च प्रतिवेदनमा चाहिँ खोजमूलक तथा
व्यंगात्मक तथ्यहरु सार्वजनिक गर्ने गरिएको छ। तर पाण्डु रिसर्च ल्यावलाई उछिन्दै
यो पटक अन्य पाँच शैलीहरु नै पर्न सफल भएका छन्।
उठाउ युवा:
उठाउ युवा अभियानका
सुरुवात कर्ता कुलरिम्स मानिन्छन। उनले संविधानसभाको चुनाव ताका ह्यास ट्याग
उठाउयुवा अभियान चलाएर ट्वीटरमा चुनावी माहोल बुलन्द बनाएका थिए। पछि उक्त ह्यास
ट्याग लाइ अस्लिलता विरोधी अभियानको रुपमा पनि निरन्तरता दिईएको थियो। तर अस्लिलता
विरोधी उठाउयुवा अभियान भने ट्वीटर मा विवादास्पद मानिन्छ। अस्लीलता विरोधी
अभियानको नाममा अस्लीलतालाइ नै प्रोत्साहन गरेको आरोप पनि ट्वीटरमा कुलरिम्सलाइ
लाग्ने गरेको छ।
मनोवाद:
ट्वीटरमा मनोवादको
सुरुवात ‘लोटा’ बाट भएको मानिएको छ। ट्वीट
मनोबादमा अरुले के भन्छ वास्तै नगर्ने, आफ्नै तर्क पेस गर्ने, आफैले उक्त तर्कको
फरककोणबाट खण्डन गर्ने अनि खण्डनको पनि खण्डन गर्ने र निरन्तर यही प्रक्रियामा अघि
बढ्ने गरेको देखिएको छ। लोटा मनोवाद बिसर्जन भएर खोयामा प्रवेश गरेपनि खोया पुन
लोटाको दोश्रो संस्करणमा आइपुग्दा लेडी मनोवाद पनि निक्कै चर्चित भएको देखिएको छ।
लेडी मनोवादको सुरुवातकर्ता भने विनिता बनेकी छन्।
कानुन:
ट्वीटरमा कानुन जारि
गर्नेमा कुलरिम्स नै अगाडी देखिएका छन्। उनले देशमा संविधान नबनेको बेलामा
ट्वीटरमा कुल कानुन बनाएर व्यंग्यात्मक सन्देश दिन खोजेको देखिन्छ।
ट्वीट कविता तथा हाइकु:
ह्यास ट्याग ट्वीट
कविता निक्कै पुरानो समय देखि लागु भएको रिसर्चले देखाएको छ। तर बिगत केहि समय यता
ह्यास ट्याग हाइकु पनि निक्कै चर्चित भएको तथ्यांकले देखाएको छ। हाइकुमा छड्के र
मौन निक्कै अब्बल मानिएका छन्।
ट्वीट कविताले चाहिँ
अभियानकै रुप लिएको देखिएको छ। क्याफे कविता त्यसकै एक अभियानका रुपमा निक्कै अघि
बढेको देखिएको छ।
देवे संघ:
देवे संघ ट्वीटरमा
हुने र मायामा बिरक्त भएर देवे पारा झल्काउने ट्वीटेहरुबाट संचालित गरिएको संघ हो।
अधिकारिक रुपमा एसको कुनै महाधिबेसन नभएपनि देवे पाराका जो सुकैले जुनसुकै पद
सम्हाल्न सक्ने छुट देवे संघले दिएको छ। यो संगठनको सुरुवात कर्ता समिर के.सी.
मानिन्छन। यो संघठनका नेतृत्वतहमा कालिदास, खिमलाल पन्थी आदि छन्। यो संगठन
विश्वब्यापी संगठन हो।
************************************
४.
यौन तथा मनोविज्ञान अध्ययन प्रतिवेदन:
ट्वीटरमा यौन तथा
मनोविज्ञान सम्बन्धी टुइट कसले सुरुवात गर्यो भन्ने एकिन हुन नसके पनि फेसबुक
लगाएत सामाजिक संजालमा यौन कुण्ठा पोख्न नसकेर ट्वीटरमा छिर्ने जमात पनि ठुलै भएको
मानिन्छ। पाण्डु रिसर्च ल्यावले कति संख्यामा यौन तथा मनोबैज्ञानिक ट्वीट गर्नेहरु
छन् भनेर अझै सार्वजनिक गर्न सकेको छैन। उक्त कुराका लागि छिट्टै नै नयाँ अध्ययन
सुरु गरिने पाण्डु रिसर्च ल्यावको भनाइ छ।
************************************
५.
“चर्चित अनुहार” अध्ययन प्रतिवेदन:
पाण्डु रिसर्च
ल्यावले गरेको प्रतिवेदन सार्वजनिक अनुसार सदावहार चर्चित पुरुष ट्वीटेमा काकाबा,
लेन्दाई, कुलरिम्स, अमृत्न, बरुण कम्पनी आदि भएको देखिएको छ। सदावहार चर्चित लेडी
ट्वीटेमा ऋचा भट्टराइ, सुस्मेकाली, नित्यमुक्ता आदि भएको पाईएको छ।
आक्रामक रुपमा
चर्चित हुन सफल अनुहारहरुमा रक्स पोख्रेल निक्कै अगाडी देखिएका छन्। उनलाई
पछ्याउदै महिला तर्फबाट स्वेच्छा राउत अगाडी आएकी छन्।
************************************
६.
“समय परिवेश नाम परिवर्तन”
अध्ययन प्रतिवेदन:
समय परिवेश अनुकुल
आफ्नो ह्याण्डल परिवर्तन गर्ने प्रचलन पनि ट्वीटरमा ह्वात्तै बढेको पाइएको छ। नाम
बदल्ने ट्वीटेको अग्रपंक्तिमा ‘बिरालु’, ‘सवारी’ र ‘शिकारी’ देखिएका पाइएको छ।
शिवरात्रिको समयमा भने नाम बदल्ने ट्वीटेहरु सयौंको संख्यामा भएको पाइएको छ। सोहि अनुपातमै
होलि पर्बमा पनि नाम परिवर्तन हुने आंकलन बमोजिम नाम परिवर्तन गर्ने कामको सुरुवात
भइसकेको पाण्डु रिसर्च ल्यावले जनाएको छ।
************************************
७.
“आफ्नैपन” अध्ययन
प्रतिवेदन:
पाण्डु रिसर्च ल्यावले गरेको ट्वीट सेन्टिमेन्ट अनालाइसिसमा फन्नी मा’राजको ‘हिँ’ स्टाइल आफ्नैपनमा अब्बल देखिएको छ। साथै, शब्दचित्रको “जय होस्” शैली दोश्रो स्थानमा तथा रक्स पोख्रेलको ‘चि’ स्टाइल तेस्रो स्थानमा परेको छ। सन्तोष कटुवालको मेन्सन गरेरै मेरो बतासे सहिद भयो भन्ने शैली चौथो स्थानमा परेको छ।
बतासे सहिद भएमा के गर्ने त?
ट्वीटरमा बतासे हान्ने भनेको अरुलाइ मेन्सन नगरिकन देखोस भन्ने आशयका साथ
गरिएको ट्वीट हो। त्यस्तो बतासे ट्वीट सम्बन्धित निकायले देख्न पनि सक्छ र नदेख्न
पनि सक्छ। यदि उक्त बतासे सम्बन्धित निकायले देखेन भने उक्त ट्वीट लाइ ‘सहिद’ भएको
मानिन्छ। ट्वीट सहिद हुनु भनेको नराम्रो पछ्य हो। सकभर कसैको पनि बतासे सहिद नहोस
भन्नका लागि पाण्डु रिसर्च ल्यावले एउटा उपाय औल्याएको छ। यदि तपाइको बतासे
सम्बन्धित निकायले देखेन र तपाइको ट्वीट सहिद भयो भने तपाइले जसलाई बतासे हान्नु
भएको हो त्यसको टाइमलाइनमा गएर निरन्तर फेव र रिट्वीट गर्नुपर्नेछ अनि यदि आफुलाई
निरन्तर एकै मान्छेको एकै समयमा फेव र रिटुइट आयो भने तपाइले पक्कै बतासे हुनुपर्छ
भन्ने बुझ्नु पर्नेछ र उक्त व्यक्तिको टाइमलाइनमा गएर हेर्नुपर्नेछ। यो “बतासे
सहिद भएमा” भन्ने बुंदा आपसी सुझबुझको
आधारमा गरिने समाधान हो त्यसैले यसले ठोस समाधानको रुपमा काम नगर्न पनि सक्छ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
नोट: सीमित श्रोत, साधन,
समय र परिधिभित्र रहेर गरिएको रिसर्च भएको हुनाले यो प्रतिबेदन कुनै कुनै ठाउमा
वास्तविकता भन्दा फरक पनि हुनसक्नेछ।
साथै, यो प्रतिवेदनको सर्वाधिकार पाण्डु रिसर्च ल्यावमा निहित रहनेछ। पाण्डु
रिसर्च ल्याबले संकलन गरेको तथ्यांक कहिँ कतै प्रयोग गर्नु परेमा श्रोत खुलाएर
मात्र गर्नुपर्नेछ। श्रोत नखुलाएको पाइए अथवा कहिँ कतै अनाधिकृत प्रयोग भएको पाइए कुलकानुनले
तोके बमोजिम कडा कारबाही हुनेछ।
© पाण्डु रिसर्च ल्याव,
नेपाली ट्वीट सेन्टिमेन्ट एनालाइसिस अध्ययन प्रतिवेदन २०१४
रिसर्च अवधि: २०१३-२०१४
रिसर्च प्रकाशित मिति: २०१४ मार्च १० तारिख
© पाण्डु रिसर्च ल्याव,
नेपाली ट्वीट सेन्टिमेन्ट एनालाइसिस अध्ययन प्रतिवेदन २०१४
रिसर्च अवधि: २०१३-२०१४
रिसर्च प्रकाशित मिति: २०१४ मार्च १० तारिख
No comments :
Post a Comment