मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Sunday, December 27, 2009

जिउन सजिलो छ


अब मलाई जिउन सजिलो छ
कुनै पीडाले पोल्दैन मलाई
कुनै काँडाले घोच्दैन मलाई
म त यी सब भोगेर आएको छु ।

पीडाको अनुभूतिसँग जुध्न गाह्रो छ
बाँच्नु सानोतिनो कुरा होइन,
पीडासँग जुध्नुभन्दा मर्नु निकै सजिलो छ
तर पनि अब मलाई जिउन सजिलो छ।।
किनभने प्रत्येक कुराको चरम बिन्दु हुन्छ
चरमबिन्दुपछि,
पीडाहरूले पोल्दैन
बाधाहरूले पिरोल्दैन।

तर पनि अझै फूलहरू किन फूल्छन्
जुनकिरीहरू किन बरालिएर डुल्छन्
खै मलाई त अचम्म लाग्छ,
किनभने मलाई त अन्धकार नै प्यारो छ
अन्धकार मै म उज्यालो भेट्टाउँछु
वास्तविक उज्यालो त ,
वेल्डिङ्ग गर्ने मेसिनबाट निस्केको जस्तो आँखा नै खाने लाग्छ।
किनभने मलाई त अन्धकार नै प्यारो छ
अन्धकार मै म उज्यालो भेट्टाउँछु ।
त्यसैले अब मलाई जिउन सजिलो छ
किनभने म अन्धकारमा छु ।।

No comments :

Post a Comment