गल्ती थियो चोखो, माया लाउनु नै
तिम्रा लागि मैले, दुःख पाउनु नै
भेटौ भन्यौ हुन्छ भने, त्यही नेरै गल्ती भयो
आत्मघाती कदम थियो, भेट्न आउनु नै
प्राप्तिमात्रै सारा , हैन रैछ संसारमा
साढेसाती रैछ, तिमीलाई पाउनु नै
देख्दामात्रै फूल रैछौ , मुटुभित्र काँडा भयौ
गल्ती थियो लठ्ठ पार्ने, गीत गाउनु नै
No comments :
Post a Comment