मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Friday, December 18, 2009

हो म असक्षम थिएँ


गाढा निद्रा र मिठो सपनापछि ब्यूझन्थेँ
हल्का कुहिरो अनि रातो घाम लागिरहेको हुन्थ्यो
जतिबेला म तिम्रो बाटो हेरिरहन्थेँ ।
तिमी नआउँदा दुःख लाग्थ्यो
आएपनि बोल्न सक्ने खुबी थिएन
हो म असक्षम थिएँ
आखिरी वर पीपल पनि त हेराहेर मात्रै गर्थे ।।



रातो घाम टन्टलापुर बन्न पुग्थ्यो
मेरो छायाँ सानो बन्दै जान्थ्यो
लाग्थ्यो छायाँ अब आफैमा हराउनेछ
चिटचिट पसिना आउँथ्यो
म बाध्य हुन्थेँ त्यही वरपीपलको सहारा लिन
म वरपीपलको काखमा बस्थेँ
जतिबेला म तिम्रो बाटो हेरिरहन्थेँ
हो म असक्षम थिएँ ।।



फरि सूर्य ढल्किन पुग्थ्यो
आफ्नै छायाँ लामो हुन पुग्थ्यो
आशा बढ्थ्यो, निराशा घट्थ्यो
जसरी सूर्य अस्ताएर जून आउँथ्यो
म बाध्य हुन्थेँ त्यही वरपीपलको सहारा लिन
अनि सोँच्थेँ मैले अप्सराकी छोरी गुमाएँ
मैले ईश्वरको वरदान गुमाएँ
अनि फेरि तिम्रो बाटो हेरिरहन्थेँ
हो म असक्षम थिएँ ।।



विजय कुमार पाण्डे
(पाण्डु राजा)

No comments :

Post a Comment