जिन्दगी खाटमा पल्टेर ट्वीट गर्दैछ... भाग्य किचनमा काँचै छ ;)
— पाण्डु राजा (@meVeekay) July 27, 2014
ओलीको बोली गोलिजस्तो किन नहोस्! बुडाको जिन्दगी नै पुरै औषधीका गोलि नै गोलिले टिकेको छ..
— पाण्डु राजा (@meVeekay) July 22, 2014
हिँड्दाखेरि आफ्नै खुट्टा त एउटा अगाडी हुँदा अर्को पछाडि हुन्छ.. झन् जिन्दगीकै यात्रामा अरुभन्दा कहिले अगाडी कहिले पछाडि किन नपरियोस्! :)
— पाण्डु राजा (@meVeekay) December 16, 2014
जिन्दगीले यसरी तोरीका फूल देखाइदियो कि साला आजकाल त पातहरु पनि पहेँलो नै देख्छु #शिशिरयाम :)
— पाण्डु राजा (@meVeekay) December 15, 2014
जिन्दगीमा 'परी' हरु त आए तर मोरीहरु सधै 'पारी' मात्रै आए... वारी आउन कहिल्ल्यै जानेनन्! :p
— पाण्डु राजा (@meVeekay) November 1, 2014
कनिका थोरै भए ढुंगा पनि टिप्न भ्याइन्छ, धेरै भए भुस पनि केलाउन भ्याइंदैन! जिन्दगीमा पनि राम्रै कुरा किन नहोस्, धेरै भए भद्रगोल हुन्छ.. :)
— पाण्डु राजा (@meVeekay) September 16, 2014
आखिर जिन्दगी जंगलमा फलेको फल जस्तै त हो! हामी केही नगुमाउने आशमा गुल्टेका फल पनि टिप्न खोज्छौं, पछि बोटको फल समेत अर्कैले टिपीसकेको हुन्छ :)
— पाण्डु राजा (@meVeekay) September 13, 2014
जिन्दगी जिउने त देखाउन कै लागि हो! बाहिर आइस बकेट भन्दै बरफ खन्याउने, भित्र चाँही मन तातो पानी नभई ननुहाउने ;)
— पाण्डु राजा (@meVeekay) August 29, 2014
बाक्लो कुहिरोमा पनि चरा उडिराखेकै हुन्छ अनिश्चिततामा मान्छे हिँडे जस्तै! जिन्दगी न हो भाग्यमा गन्तव्यविहीन यात्रा भएपनि लेखिएकै हुन्छ सायद..
— पाण्डु राजा (@meVeekay) August 26, 2014
जिन्दगी केराको पात रहेछ, सानो हावाले पनि हल्लाइदिने... केरा जस्तो!
— पाण्डु राजा (@meVeekay) August 7, 2014
खुशीमा बधाइ दिँदा अँध्यारो अनुहार, अनि वेदनामा सान्त्वना दिँदा उज्यालो अनुहार.. कहिलेकाहीँ जिन्दगी नाटक ठान्नेहरु पनि अभिनय गर्न जान्दैनन्!
— पाण्डु राजा (@meVeekay) July 28, 2014
जिन्दगी एउटा जोखिम हो जोखिम लिन सक्नुपर्छ... ठीकै छ पाउने नपाउने आफ्नो ठाउँमा छ तर मेरो लागि ब्रत बसेर जोखिम मोल्दा हुन्छ ;)
— पाण्डु राजा (@meVeekay) July 28, 2014
जिन्दगी खाटमा पल्टेर ट्वीट गर्दैछ... भाग्य किचनमा काँचै छ ;)
— पाण्डु राजा (@meVeekay) July 27, 2014
ओलीको बोली गोलिजस्तो किन नहोस्! बुडाको जिन्दगी नै पुरै औषधीका गोलि नै गोलिले टिकेको छ..
— पाण्डु राजा (@meVeekay) July 22, 2014
जियाफ नहुनेहरुका लागि जिन्दगीमा "दाँत माझ्नु" जत्तिको फोकटको काम अरु केही हुँदैन... ;)
— पाण्डु राजा (@meVeekay) July 18, 2014
गरिबको जिन्दगी! असार पन्ध्र पनि काइदाकै हो.. नुन, बेसार, तरकारी, तेल केही किन्न परेन - दही चिउरा खायो सक्यो। ;)
— पाण्डु राजा (@meVeekay) June 29, 2014
पीर, चिन्ता, तनाव, भ्याइनभ्याइ! मुसल छ जिन्दगी :(
— पाण्डु राजा (@meVeekay) June 26, 2014
नाङ्गो तारजस्तै रहेछ जिन्दगी! कतिबेला कहाँ करेण्ट छ हेरेर थाहा पाइँदैन, भोग्नैपर्छ। :)
— पाण्डु राजा (@meVeekay) June 19, 2014
जिन्दगीको मैदानमा भएको सुख र दुख बीचको खेल ब्राजिलले जस्तै बराबरीमा रोकेको भए आज स्पेनजस्तै निराश हुनुपर्दैनथ्यो सायद!
— पाण्डु राजा (@meVeekay) June 18, 2014
साला गरिबको जीन्दगी! भित्रबाट पेट कराउँछ, बाहिरबाट लामखुट्टे कराउँछ.. :)
— पाण्डु राजा (@meVeekay) May 23, 2014
कहिलेकाहीँ बसमा ढिलो चढ्नेले छिटै सिट पाउँछ, छिटो चढ्नेले ढिलो पाउँछ/पाउँदै पाउँदैन... जिन्दगीमा 'अवसर' पनि यस्तै यस्तै हुँदोरहेछ! :)
— पाण्डु राजा (@meVeekay) May 7, 2014
जिन्दगी पनि त सडक जस्तै हुँदो रहेछ!
मेहनत गर्यो भने खल्ड्याङ खुल्डुङ सडक पनि चिलीत्त हुने, गरेन भने चिल्लो सडक पनि जीर्ण बन्दै जाने.. :)
— पाण्डु राजा (@meVeekay) May 6, 2014
जिन्दगीमा 'उमेर' बढाउने बाहेक अरु प्रगति गर्न सकिएन ;)
— पाण्डु राजा (@meVeekay) May 5, 2014
मलाइ त पोल्न राख्या मासुको टुक्राजस्तै लाग्छ जीन्दगी :)
— पाण्डु राजा (@meVeekay) May 2, 2014
रित्तो भाँडोजस्तै पो छ त जिन्दगी! तर पनि चरम निराशामा बहकिएर आफ्नै जिन्दगीमा प्वाल पार्न पनि त भएन.. #भरिएला कुनै दिन
— पाण्डु राजा (@meVeekay) April 21, 2014
भन्नेले जेसुकै भनोस् तर जीन्दगीका अलिक नमिठा क्षणहरुलाइ "द्याट नेभर ह्याप्पेन्ड" भनेर अघि बढ्नमा जति आनन्द अरु केहीमा हुँदैन.. :)
— पाण्डु राजा (@meVeekay) April 8, 2014
साँच्चै नमुना बनायो जीन्दगीले! कहिलेकाहिँ त प्रदर्शनी मार्गतिर गएर आफैलाइ प्रदर्शनीका लागि राखौँ झैँ लाग्छ.. :)
— पाण्डु राजा (@meVeekay) April 6, 2014
भगवान्मा आश र आफूमा विश्वास गरौँ, जीन्दगी सधै सुखमय रहन्छ... शुभप्रभात। :)
— पाण्डु राजा (@meVeekay) March 22, 2014
कहिलेकाहीँ सम्झिरहने मान्छे भेटिँदै भेटिँदैनन्, भेटिइरहने मान्छे सम्झिन लायक हुँदैनन्! #हँसाउँछ जीन्दगीले
— पाण्डु राजा (@meVeekay) March 7, 2014
आशा त शीतको थोपा झैँ एक्कैछिन रहन्छ, बाँकी क्षण निराशामै बित्छ.. #जीन्दगी
— पाण्डु राजा (@meVeekay) March 6, 2014
'जीन्दगी' भनेको रुघा लाग्दाखेरिको पातलो सिँगानजस्तै हो! नचाहँदा नचाहँदै पनि 'स्वाद' थाहा भइहाल्छ :)
— पाण्डु राजा (@meVeekay) March 1, 2014
कहिलेकाहीँ खोट आफूमा हुन्छ तर दोष अरुमा देखिन्छ! #जीन्दगी
— पाण्डु राजा (@meVeekay) March 2, 2014
जीन्दगीमा एकरुपता आएन भनेर गुनासो गर्नेहरु ड्राइभर भएर हेर गाडीलाइ कति ब्रेक लगाउनुपर्छ भनेर.. :)
— पाण्डु राजा (@meVeekay) February 28, 2014
'पानी' जस्तै रहेछ 'जीन्दगानी'! जस्तो भाँडो उस्तै रङ्ग...
— पाण्डु राजा (@meVeekay) February 24, 2014
प्रश्न छ जीन्दगीमा, उत्तर छैन..
कत्ति गाह्रो छ जीन्दगी!
— पाण्डु राजा (@meVeekay) February 21, 2014
जिन्दगी र फुटबल खेल उस्तै उस्तै हुन्! जति 'लक्ष्य' को नजिक नजिक पुगिन्छ, त्यति नै कडा 'चुनौती' हरुको सामना गर्नुपर्छ...
— पाण्डु राजा (@meVeekay) February 1, 2014
जीन्दगीमा अरुको साथ सधै नपाइन सक्छ! त्यसैले त अफ्ठ्यारोमा साथ सहयोग होस भनेर हात, खुट्टा, काँध लगायत अँगहरु जोडी हुन्छन्..
— पाण्डु राजा (@meVeekay) January 28, 2014
जीन्दगी कहिल्यै प्रस्ट देखिँदैन! यो त ल्यापटपबाट अपलोड गरेका अक्षर अंकित तस्वीर नोकिया C1 01 बाट हेरेजस्तै हो... अस्पष्ट र तिरीमिरी.. :)
— पाण्डु राजा (@meVeekay) January 18, 2014
तिमीले राम्रो ट्वीटमा भन्दा ठिकैठिकै ट्वीटमा 'रिट्वीट' बढी आएको देखेका छौ?
हो त्यस्तै हो जिन्दगी! राम्राले भन्दा ठीकैठीकैले बढी अवसर पाउँछ
— पाण्डु राजा (@meVeekay) January 17, 2014
मेरो लागि जीन्दगी 'पैसा' जस्तै हो! सपना करोड करोडको भएपनि खल्तीमा मुस्किलले डेढ सय भेटिन्छ...
— पाण्डु राजा (@meVeekay) January 17, 2014
पिक आवरको ट्वीट बिलाएझैँ जीन्दगी कता कता हराएझैँ लाग्छ अचेल!
— पाण्डु राजा (@meVeekay) January 16, 2014
बत्ती छउन्जेल मोबाइल चार्ज गरिँदैन, बत्ती गएपछि चार्ज नगरेकोमा पछुतो लाग्छ! पाएको गुमाइन्छ अनि पछुताइन्छ.. #जीन्दगी
— पाण्डु राजा (@meVeekay) January 16, 2014
जीन्दगी यस्तै रहेछ! कसैलाइ कुराइन्छ, कसैले कुराउँछ.. कुराएको मान्छेलाइ भेट्नैपर्ने छ भने नकुरी सुख नहुने रैछ..
— पाण्डु राजा (@meVeekay) January 16, 2014
घडी हेर्छु बल्ल 'नौ' बजायो तर परिस्थितिले सधै 'बाह्र' बजाइरहेछ! #जीन्दगी
— पाण्डु राजा (@meVeekay) January 13, 2014
समयले साथ दिएको बेला 'गल्ती' पनि 'ठट्टा' सम्झेर मिनाहा हुन्छन्! तर विपरित... ठट्टा पनि गल्ती बनिदिन्छन्। #जीन्दगी
— पाण्डु राजा (@meVeekay) January 8, 2014
जीन्दगी भनेको 'दुलो' परेको सिरकको खोल हो! एक पटक प्वाल पर्यो भने एउटा 'औँला' ले समेत अझ फटाउँछ...
— पाण्डु राजा (@meVeekay) January 3, 2014
जीन्दगी एक 'चरा' हो! यो तबसम्म एकदम सुन्दर हुन्छ जबसम्म यसले तपाइँको ज्याकेटमा माथिबाट बिस्टाइदिन्न...
— पाण्डु राजा (@meVeekay) January 2, 2014
पाउनु केही छैन, त्यै पनि चटारो छ! गुमाउनु केही छैन, त्यै पनि हतारो छ!! #जीन्दगी
— पाण्डु राजा (@meVeekay) December 28, 2013
भीम निरौलाको भाकामा सन्डे मर्निङ 'टोफेल', मन्डे मर्निङ 'टोफेल' भैराछ जिन्दगी :)
— पाण्डु राजा (@meVeekay) December 13, 2013
जिन्दगीमा फस्ट्याम कपडा किन्दाकिन्दै प्वाल पारेँ आज.. पिसाब फेर्न सजिलो होला भनेर... ट्राउजरको! औँला छिराएर तान्न :D
— पाण्डु राजा (@meVeekay) December 13, 2013
पानीपुरी भैया भन्दाभन्दै भारतीयहरु मंगल ग्रह पुगिसके! हाम्रो जिन्दगी गेडा खेलाएरै जानेभो <रिठाका> :)
— पाण्डु राजा (@meVeekay) November 5, 2013
धन्य! भाडाका बस अनि माइक्रो चल्छन् र जीन्दगीमा प्रेमको अनुभूति गर्न पाइय्या छ केटीको साइडमा बसेर.. :)
— पाण्डु राजा (@meVeekay) October 26, 2013
जिन्दगीमा बरु शत्रु नै शत्रुको बीचमा बस्न परोस तर जाँड खाएर हल्ला गर्नीको नजिक पर्न नपरोस.. जति भनेपनि बालपुतली दिने भए पो!
— पाण्डु राजा (@meVeekay) October 22, 2013
कति पर्यो कति पर्यो रात जीन्दगीमा..
निद्रा लाग्न खानै पर्ने भात जीन्दगीमा..
हल्का भोक लागे त सुत्न पनि नसकिने :)
— पाण्डु राजा (@meVeekay) September 28, 2013
कसै कसै को उपस्थिति एति फितलो हुन्छ जिन्दगीमा कि हुनु र नहुनुमा केही अन्तर हुदैन रहेछ
— पाण्डु राजा (@meVeekay) May 25, 2013
जिन्दगी साच्चै सोचे भन्दा नाजुक हुन्छ.. मेरो तेस्तै छ,, सायद जसको पनि.. #worried about #life
— पाण्डु राजा (@meVeekay) August 1, 2013
झमझम पानी पर्छ बाहिर, जीन्दगीमा खडेरी बाहेक केही छैन ..
— पाण्डु राजा (@meVeekay) May 23, 2013
जिन्दगी पनि कस्तो हो कस्तो! लाटी केटीको म्वाई खाए जस्तो, केवल खल्लो :(
— पाण्डु राजा (@meVeekay) January 31, 2013
जिन्दगी कसले बुझ्यो!
"केही पाउन केही गुमाउनुपर्छ" भन्नेले बुझ्यो कि "सबथोक गुमाएर पनि केही नपाउने" ले बुझ्यो - मैले केही बुझिनँ।
— पाण्डु राजा (@meVeekay) June 23, 2014
No comments :
Post a Comment