कम्पनी कथा
पढ्नुको पीडा त छँदै छ, पढाइ सकेपछि के गर्ने निर्णय लिन झनै गारो छ। यसै कारणले चार बर्से कम्प्युटर साइन्सको अन्तिम सेमेस्टरतिर म तनावमा थिएँ। प्रविधिकै विद्यार्थी भएर समेत बायोडाटा प्रिन्ट गरेर कम्तिमा पन्ध्र ओटा सफ्टवेर कम्पनी घुमेको अहिले अरुलाई बताउन समेत लाज लाग्छ (इमेलको जमानामा
कम्प्युटर साइन्सको विद्यार्थीको हालत #awkward)
पाँचजना साथी भएर प्रिन्ट गरेको बायोडाटा हातमा बोकेर हिड्यौं कम्पनी चहार्दै। एकै क्वालीफिकेसन, एकै प्रकारको जागिर अनि पाँचजना मिल्ने साथी! आफू-आफू नै
प्रतिस्पर्धी तर पनि मलाइ मतलब लागेको थिएन किनकि मेरो ब्याचलर पर्सेन्टेज अरुको
भन्दा राम्रो थियो (थोरै सेल्फिस)। बायोडाटा कम्पनीहरुमा छोडेको लगभग एकहप्ता
सम्ममा सबै साथीहरुलाई फोन आइसक्यो तर अपसोच मलाई आएन। आफ्नो पर्सेन्टेज पनि राम्रो छ, प्रोजेक्ट पनि राम्रै छ आखिर के हेर्दा रैछन त कम्पनीले म चकित भएँ। साथीहरुलाई दुइ दुइ ठाउँबाट समेत बोलायो तर मलाई कतैबाट एक कल आएन।
साथीहरु अफिसले बोलाएकोमा खुशी, म नबोलाएकोमा अलिक दु:खी! पाँचैजना बबरमहलको बाटोमा हिँड्दै गर्दा
झल्यास्स मेरो आँखा आफ्नै बायोडाटामा गयो। फोन नम्बरै गलत, म चकित! कल आउला आउला.. आखिर किन आओस् त नम्बर गलत भएपछि। कम्पनीले
नबोलाएको म नराम्रो भएर होइन रहेछ म त खुशी पो भएँ। प्रविधिको प्रयोगमा अरु कम्पनीभन्दा अगाडी मानिएका सफ्टवेर कम्पनीले
समेत इमेल गर्ने झमेला गर्दैनन् भन्ने कुरा त्यतिबेला प्रस्ट भयो (इन्टरनेटको
जमानामा सफ्टवेर कम्पनीको हालत #most awkward).
एकजना साथीले स्मार्ट सोलुसन्समा काम सुरु गरेपछि मलाई पनि त्यही
कम्पनीले बोलायो। अनि सुरु भयो मेरो कम्पनी यात्रा।
सुरुको एक महिना त घामट काम (नो काम याट अल भन्दा पनि हुन्छ), प्रगति भएन। पछि फेरी एउटा
प्रोजेक्ट एक्लै ह्यान्डल गर्न लगायो, अनि त ओभर काम भोकनीद सबै हराम! घरमा पनि राति त्यही काम गर्नुपर्दा चाहिँ पुरानै घामट काम नै कताकता
ठीक लागेको थियो(#secret Wish)। प्रोजेक्ट सकियो अनि बल्ल भित्रैदेखी कन्फीडेन्स। प्रोजेक्ट सकेको
अर्को दिन नै सरलाइ (बोसलाइ म सर भन्छु) गएर भनें स्यालरी बढाईदे! (इन्फ्याक्ट द्याट वाज: सर, मेरो स्यालरी रिभ्यु
गर्नुपर्यो :p)। त्यहीबेला आफूसंगै
इन्टर्न सुरु गरेको साथीले जानकारी नगराइ अफिस छोड्यो। मैले पनि छोड्छ कि भनेर
डराएछ क्यारे “स्यालरी डबल”।
कम्पनीमा राम्रै सम्बन्ध थियो त्यसैले राम्रै रिलेसन बनाउने सोच अनुरुप मैले सरलाई मेरो अब्रोड प्लान बारे बताएँ। सरले राम्रो तरिकाले अफिस छोडे युनिभर्सिटी छनोटमा सहयोग गर्ने बताए। सर पनि अमेरिका पढेर आएको, म पनि खुशी हुँदै काम दनादन गरें(नो फेसबुक याट अल/ ट्वीटर अलि अलि :p — अरुले दिनको तीनचार फेसबुक घण्टा चलाउँथे)। अरु साथीहरुले अफिसले काममा पनि पेलाएको, अनि स्यालरीमा किचकिच गरेको गुनासो गर्थे तर आफुलाई चाहिं सरहरुले राम्रै गर्ने हुनाले बाल्मत्लब भन्ने लाग्थ्यो (नमरी स्वर्ग देखिन्न)।
अफिसलाई अब्रोड प्लानबारे जानकारी गराएको छ महिनापछि आफ्नो पेन्डिंग
प्रोजेक्ट सकाएर कम्पनी छोडें (स्यालरी बुझेको थिएँ, PF लिन बाँकी थियो/ एकाउन्ट क्लियर गर्न पन्ध्रदिन जति लाग्छ भनेकाले)।
पन्ध्र दिनपछि अफिसबाट फोन नआएपछि आफैले फोन गरेको त PF दिन मिल्दैन भन्छ (साला
गोर्खालीले धोका दियो/ थर गोर्खाली - बीर गोर्खालीको नाममा धब्बा)। फोन मै थर्काएं
बोस न सोस साला। एकाउन्टेन्टसंग कुरा गरेर कलब्याक गर्छु भन्यो अनि बल्ल फोन
राखें। आज कल गर्ला भोलि कल गर्ला गर्दै गरेन। पारा तातिराखेकै थियो। फोन गरेको
फोन समेत उठाएन। मान्छेहरु पैसाको लागि त्यति सम्म गिर्न सक्छन मैले त्यो बेलाबल्ल
थाहा पाएँ। एकछिन पछि PF को लागि हैन Experience लेटरको
लागी मात्रै कल गरेको थिएँ भन्ने आशयको म्यासेज पठाएको त तुरुन्तै रिप्लाई (साला
गोर्खाली)!
त्यो समय ताका इन्स्पेक्टरको भ्यान्केंसी खुलेको थियो, फर्म मात्रै भएपनि भर्नपर्छ
कि लागिरहेको थियो मनमा। इन्स्पेक्टरको प्रसङ्ग चल्दै गर्दा एकपटक त इन्स्पेक्टर
बनेर फोनबाट थर्काम कि भएको थियो, एकजना तामांग साथीले त्यो ठिक हुँदैन, बरु तँ र म भएर अफिस गएरै कुरा गरौं भन्यो। साथीले उक्साको थियो “बरु पार्टी गरौंला, गुण्डालाई तिरौंला तर
अफिसबाट पैसा नलिने त कुरै छैन”। जोसैजोसमा गइयो अनि मज्जाले थर्काएं (आफ्नो गल्ति भए पो डर)।
मान्छे बोस नै किन नहोस गल्ति भएपछि उसको अनुहारमा गिल्टी थियो (डराएको पनि थियो साला)। PF पाएपछि त फक यू भनेर माझी औला देखाउन मन लागेको थियो, पछि सम्हालें आफैलाइ। साथी
दङ्ग पर्दै थियो आफ्नै बोसलाइ पनि त्यति सारो थर्काको भनेर! पैसा त उठाउनै पर्यो
नि जाबो Experience लेटर त डुप्लिकेट पनि बनाइहालिन्छ नि (साथीको दर्तामात्रै गरेको कोठे कम्पनी हुनाको फाइदा आफै
आफ्नै बोस)।
जिन्दगीकै पहिलो अफिसले दिएको शिक्षा “डोन्ट वि लोयल टु कम्पनी!!”
No comments :
Post a Comment