मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Thursday, September 25, 2014

तल भीर छ प्रिया, माथि पीर छ प्रिया

Veekay Pandey, Vijaya Kumar Pandey, Pandu Raja
आहा त्यो हाइकिंग! जिन्दगी कै एउटा रमाइलो दिन
जिन्दगीको यस्तो उकालीमा छु!

तल भीर छ प्रिया,
माथि पीर छ प्रिया..
होश छ तर मन,
यो अस्थिर छ प्रिया...

भाग्न मन थ्यो, फुत्केर तिमीबाट..
निशाना आँखाको त्यो,
अचुक् तीर छ प्रिया..
तल भीर छ प्रिया,
माथि पीर छ प्रिया..

भुल्न खोजेर पनि, कहाँ सक्थें र म!
कहिल्यै नमेटिने,
याद्को जन्जिर छ प्रिया..
तल भीर छ प्रिया,
माथि पीर छ प्रिया..

रहर त थियो, तिमीसँगै जिउने!
चाहेको नपाउने,
यो तक्दीर छ प्रिया..
तल भीर छ प्रिया,
माथि पीर छ प्रिया..
Veekay Pandey, Vijaya Kumar Pandey, Pandu Raja
तल भीर छ प्रिया, पछाडि पीर छ प्रिया :p


4 comments :

  1. लोल राजा! मेरो कर्तुतहरुको पनि बयान गर्नुपरो :P

    ReplyDelete
  2. राजा राम्रो छ ।

    ReplyDelete
  3. @Sa Roz: राजा लेख्दै छु, आउँछ हजुरका कर्तुत पनि ;)
    @nischal nabin: धेरै धेरै धन्यवाद राजा :))

    ReplyDelete
  4. The Ultimate Guide to Slot Games (with Pictures) - DrMCD
    A slot game can be any game, whether it's a 광양 출장마사지 real casino game, video slots, video poker, 화성 출장마사지 There's 구미 출장안마 no word on the legality of 충주 출장안마 this 문경 출장마사지 kind of slot.

    ReplyDelete