मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Saturday, August 23, 2014

साला एलियन


नेपाललाइ विश्वले चिनिसक्यो
कहिले सगरमाथाले चिन्यो
कहिले गौतम बुद्धले चिन्यो
आज झण्डाले चिन्यो
तर मैले थुप्रै विदेशीहरु भेटें
जसले नेपाल सुनेका छैनन्
लाग्छ तिनीहरु यहाँका हैनन्
साला एलियनहरु!


कोहि भेटिन्छन्..
नेपाल भन्नासाथ वाओभन्छन्
छाती फुलेर आउँछ, म दङ्ग पर्छु...
तर मैले!
लेबनानको बारेमा दुइ सब्द भन्न सक्दिनं
उनीहरुले गिनीज बुकमा के के लेखाए
अँ हँ! थाहा छैन..
म पो नेपाली त..
तर त्यो ब्राजिलको मार्कस!
त्यसले नेपाल सुनेको रहेनछ..
भन्दें मैले, त्यो मुला पनि यहाँको होइन रहेछ
साला एलियन!





त्यहि बुर्जुवा शिक्षा
जसले जेब्रा क्रसमा बाटो काट्न सिकायो..
मैले जथाभावी बाटो काटें
किनकि त्यो त बुर्जुवा शिक्षा थियो..
त्यहि कुरा!
अमेरिकामा पावर पोइन्ट प्रिजेन्टेसन भयो..
केवल एक स्लाइड!
वर्ल्ड क्लास एडुकेसन भयो..
अनि फलाक्न थालें
विदेशमा कल्चर छ, सिस्टम छ..
नेपालमा के छ?
सगरमाथा छ.. गौतमबुद्ध छ.. घण्टा घर छ..
फेरि लाग्यो! धेरै पो छ त गाँठे..
अब कसैले नचिनोस् त!
गोर्खाली पो हुँ त! भन्ने हो मज्जाले "साला एलियन"!




सगरमाथा प्राकृतिक थियो, बुद्धको जन्म पनि प्राकृतिक नै थियो... जसरि नेपालीले आज मानव झण्डा बनाए, त्यसै गरेर देश बनाए "विश्वले चिन्ने थियो नेपाल" :)

No comments :

Post a Comment