मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Sunday, August 30, 2015

ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्

ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्।
रात ढल्दै जाँदा, बोतल रितिन्छन्।।

थपौं न त लाग्छ अलिकति फेरी
धङधङाउँदै जाँदा पसल रितिन्छन्।
ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्
रात ढल्दै जाँदा, बोतल रितिन्छन्।।

रक्सी थप्दै जाँदा, कुरा थप्छु अनि
सुनाएर पुराना, पल रितिन्छन्।
ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्
रात ढल्दै जाँदा, बोतल रितिन्छन्।।


ज्यान गल्छ मेरो, मन त गल्दैन नि
अनि बाँकी तिम्रा, दखल रितिन्छन्।
ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्
रात ढल्दै जाँदा, बोतल रितिन्छन्।।

थपिँदै जाँदा रक्सी, सकिँदै जान्छ सितन
अनि ओस्सिएका, चीजबल रितिन्छन्।
ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्
रात ढल्दै जाँदा, बोतल रितिन्छन्।।

सकेपछि गाना, बजाना र चुट्किला
अनि बाँकी सायरी, गजल रितिन्छन्।
ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्

रात ढल्दै जाँदा, बोतल रितिन्छन्।।

5 comments :

  1. दाम्मी दाजु ! 😊

    ReplyDelete
  2. ज्यान गल्छ मेरो, मन त गल्दैन नि
    अनि बाँकी तिम्रा, दखल रितिन्छन्।
    ब्राण्डी रितिन्छन्, लोकल रितिन्छन्
    रात ढल्दै जाँदा, बोतल रितिन्छन्।




    धेरै पछि पढ्न पाइयो गज्जब ।

    ReplyDelete