मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Friday, January 1, 2016

नाम किन यसै, बद्नाम भएको छ?

नमस्कार! आज नयाँ वर्ष २०१६ को मौका पारेर एउटा गजल लिएर आएको छु। गजल नै भएता पनि थोरै पृष्ठभूमि जोड्न चाहें। मेरो नाम विजय कुमार पाण्डे तर मैले सधै जितेको भने छैन, बेलाबेलामा हारको स्वाद (न)मज्जाले चाखेको छु। हुन त मेरो नामले तेरो नाम नै विजय हो, तैंले जसरि भएपनि जित्नैपर्छ भनेर अठोट लिने ठाउँ प्रदान गरेको छ तर त्यसका बाबजुत पनि कहिलेकाहिँ आफूले हार्दा चाहिँ आफ्नो नामको आफैले बदनाम गरेको आभाष हुन्छ। गजल यसै सन्दर्भमा छ:

न त उल्लेखनीय, काम भएको छ।
त्यसै किन हो तामझाम भएको छ?
न्वारान गर्ने बेला, भन्दैथ्यो विजय
मेरो नाम यसै, बद्नाम भएको छ

हार्नेहरुको यस्तो अग्रपंक्तिमा छु कि!
उमिद नआएको, याम भएको छ।
न त उल्लेखनीय, काम भएको छ

मेरो नाम यसै, बद्नाम भएको छ

उस्ले जितिएन भन्थ्यो, हार्ने म थिएँ
र त के गरौँ कता जाम भएको छ।

न त उल्लेखनीय, काम भएको छ
मेरो नाम यसै, बद्नाम भएको छ

भन्छ तेरो दोष होइन हेर् विजय!
भाग्यबाटै त्यो भाग, हाम भएको छ।

न त उल्लेखनीय, काम भएको छ
मेरो नाम यसै, बद्नाम भएको छ

No comments :

Post a Comment