मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Friday, January 15, 2016

भन्छन् कापी च्यातेर उसले पानो बनाउँछ।


भन्छन् कापी च्यातेर उसले पानो बनाउँछ।
अनि आफैले आफैलाइ उ सानो बनाउँछ।।

म खुकुरीको नजरबाट व्यथा नियाल्दैथें...
परिस्थितिले उल्टै फेरी अचानो बनाउँछ।

पानी माथि थियो उ, सबैलाइ थाहा छ...
त्यै नि दोषीलाइ दुनियाँ, ओभानो बनाउँछ।

स्वार्थी बनाएकै थियो, विधाताले त दुनियाँ...
बिधातालाइ चाहिँ कसले कानो बनाउँछ?

भन्छन् कापी च्यातेर उसले पानो बनाउँछ।
अनि आफैले आफैलाइ उ सानो बनाउँछ।।


नोट: फोटो clipartof.com बाट साभार गरेर पोष्ट अनुरुप परिमार्जन गरिएको हो :)

No comments :

Post a Comment