मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Monday, October 6, 2014

नेता जन्मँदा सायद यमराज!

नेता जन्मँदा सायद यमराज!
कोहि स्वास्नी पिटिरहेका थिए..
कोहि तास फिटिरहेका थिए..
नेता जन्मँदा सायद यमराज!
आगो ओकल्दै दाह्रा, किटिरहेका थिए...

मान्छे आकार  दिए, दिमाग हाल्ने बेला!
रित्तिएर झाम्टा, झिटी रहेका थिए..
नेता जन्मँदा सायद यमराज!
आगो ओकल्दै दाह्रा, किटिरहेका थिए...

पूर्खाहरुले माथि, थकथकाउँदै थिए
जब फटाहाले संसार, जितिरहेका थिए..
नेता जन्मँदा सायद यमराज!
आगो ओकल्दै दाह्रा, किटिरहेका थिए...

भाग्यविधाताले भूल, सच्याउनै लाग्दा
मसी सकिएर कलम छिटीरहेका थिए..
नेता जन्मँदा सायद यमराज!
आगो ओकल्दै दाह्रा, किटिरहेका थिए...


5 comments :

  1. कोहि स्वास्नी पिटिरहेका थिए..
    कोहि तास फिटिरहेका थिए..
    नेता जन्मँदा सायद यमराज!
    आगो ओकल्दै दाह्रा, किटिरहेका थिए :D

    आच्छा छ :))

    ReplyDelete